Home » राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा पोखरामा अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा पोखरामा अन्तरक्रिया कार्यक्रम

by Pokhara City

पोखरा, ७ असोज
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले अन्र्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा शुक्रवार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा पोखरा महानगरपालिका र प्रतिनीधिहरुसँग आदिवासी जनजाति महिलाहरुको अधिकार र बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
पोखरा महानगरपालिकामा निर्वाचित आदिवासी जनजाति जनप्रतिनिधिहरुको  सहभागिता रहेको कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले आदिवासी जनजाति अधिकार सम्बन्धी राष्ट्रिय एवम अन्र्तराष्ट्रिय कानुनका बारेमा र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी अधिकृत विष्णुमाया पौडेलले लिंग र लैगिंकता तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट स्विकृत कार्यक्रम तथा बजेटको बारेमा जानकारीसहित प्रस्तुति गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवि गुरुङले कार्यक्रम उद्घाटन गर्नुहुदै ऐन, कानुन, संविधानमा लेखिएका अधिकार पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको अवस्था छ भन्नुहुदै अझै पनि लिंग, समुदाय, वर्ग, क्षेत्रको आधारमा शाब्दिक एवम व्यवहारमा विभेद हुने गरेको बताउनुभयो। लैगिंक रुपमा महिला जनप्रतिनिधिहरुले धेरै समस्या भोग्नु पर्ने अवस्था भएको बताउनुहुदै समान हैसियत, प्रतिनिधित्व र पहुँचका लागि अधिकारबारे सुसूचित हुदै राजनीतिक एवम सामाजिक रुपमा क्रियाशिलता जरुरी रहेको बताउनुभयो।महिला, आदिवासी जनजाति लगायतको क्षेत्रमा पोखरा महानगरपालिकाको निति, कार्यक्रम र योजनाका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी कोषाध्यक्ष सुशीला गोले, आदिवासी जनजाति अधिकारकर्मी एवम कार्यक्रम संयोजक बिन्ती गुरुङ, मञ्चकी गण्डकी संयोजक माया गुरुङ लगायतले आदिवासी जनजाति महिला र अधिकारका बारेमा बोल्नु भएको थियो।   

You may also like