पोखरा
मिति २०७९।०६।०५ गते बिहान अ.१२ः४५ बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं.७ काउरेडाँडा स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिई गएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गा.पा. वडा नं.५ तर्फ ल्याउँदै गर्दा फेला पारी घटनामा संलग्न जिल्ला कास्की मादी गा.पा. वडा नं.७ थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, ऐ.ऐ. बस्ने वर्ष २६ को निरज तामाङ, ऐ।ऐ। घर भई हाल पोखरा म.न.पा.। वडा नं.१० बस्ने वर्ष ३४ को खरजंग गुरुङ र जिल्ला लम्जुङ मध्यनेपाल न.पा. वडा नं.८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियारलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको ।