Home » जनप्रिय क्याम्पसमा शुभकामना आदनप्रदान

जनप्रिय क्याम्पसमा शुभकामना आदनप्रदान

by Pokhara City

पोखरा, ९ असोज ।
जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत् छठ पर्वको सन्दर्भमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बीरबहादुर अधिकारीले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुन्छ । आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न आग्रह गरे ।
क्याम्पस प्रमुख लोेकराज भण्डारीले शुभकामना मन्तव्य दिँदै भने ‘मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक कर्मचारीको हो ।’ भण्डारीले पेसागत मर्यादालाई ख्याल गर्दै गुणस्तरमा संझौता नगर्नु नै असल शिक्षकको भूमिका भएकोले १ मिनेट समय पनि ढिलो नगर्न आग्रह गरे ।

शुभकामना आदनप्रदान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य सोमनाथ बरालले विगत ३१ वर्षदेखि समुदायमा आधारित क्याम्पसले आर्जन गरेको गरिमा गौरव गर्न लायक भएको बताए । क्याम्पसलाई केन्द्रमा राखेर काम गर्ने प्राध्यापक कर्मचारीको जरुर भलो हुने हुँदा चौतर्फी धाउँदा हुने सास्तीको अन्त्य गर्ने जनाए । क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा पूर्व कोषाध्यक्ष जनकराज पराजुलीले सामुदायिक क्याम्पसको गुणस्तर कायम राख्न शिक्षक कर्मचारीको अहम् भूमिका हुने बताए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

You may also like