Home » गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चको १२ औं वार्षिक साधारणसभा सम्पन्न

गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्चको १२ औं वार्षिक साधारणसभा सम्पन्न

by Pokhara City

पोखरा, १० असोज
गुरुङ समुदायका प्राज्ञिक, बौद्धिक एवम व्यवसायिक व्यक्तित्वहरुको संस्था गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालको सोमवार पोखरामा १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाको गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले उद्घाटन गर्नुहुदै तमुहरुको बौद्धिक एवम राजनीतिक व्यक्तित्वहरु कसैको दासत्व स्विकार्ने होइन समस्यालाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभयो। नेपालमा धेरै जालझेल हुने गरेकाले तमुहरुको थिङ्क ट्यांकको रुपमा स्थापित संस्थाका अगुवाहरु समुदाय, समाज र मुलुकलाई मार्गनिर्देश हुने गरी इमान्दारी र निरन्तर अघि बढ्न आग्रह गर्नुभयो। यसैबिच उहाँले स्थानीय जनप्रतिनिधि(तमु)हरुलाई सम्मान गर्नुहुदै अधिकार जति केन्द्रिकृत गरेर संघीयता कमजोर बनाउने, शिक्षा ऐन, कर्मचारी ऐन, प्रहरी ऐन जस्ता महत्वपुर्ण ऐनहरु समेत अझै बनाइएको छैन र स्थानीय तहलाई भ्रष्टचारको केन्द्रको रुपमा परिभाषित हुदै गरेको अवस्थामा तमु जनप्रतिनिधीहरु सचेत र सगत भई जनता र मुलुकको सेवामा सर्मपित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्मानित मादी गाँउपालिका अध्यक्ष देविजंग गुरुङ, रुपा गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने मादी गाँउपालिका उपाध्यक्ष कल्पना गुरुङ र पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङलाई मञ्चले सम्मान गरेको थियो।

गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालको साधारणसभामा सचिव कमल गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गंगाबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

मञ्चका अध्यक्ष रत्नमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ लगायतले शुभकामना, मञ्चकी उपाध्यक्ष अधिवक्ता अनिता गुरुङले स्वागत र सचिव कमल गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

You may also like