Home » नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट (APF vs Gandaki) :एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट (APF vs Gandaki) :एपीएफ विजयी

by Pokhara City

Photo: Ram Gurung/Pokharacityc.om

महिला क्रिकेट
असोज २७,पोखरा

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त ग¥यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।
खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ किवेट लिए । गण्डकीका श्रृष्टी जैशिले १ विकेट लिइन् ।
जितसंगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।
प्रतियोगितामा अहिले मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविचको खेल जारी छ ।

You may also like