Home » नवौं राष्ट्रिय खेलकुद फेन्सिङको इपि टिम इभेण्टमा आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद फेन्सिङको इपि टिम इभेण्टमा आर्मीलाई स्वर्ण

by Pokhara City

पोखरा, २८ असोज
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपिमा आर्मीले स्वर्ण जितेको छ ।
आर्मीले एपिएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो ।
पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए ।
फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए ।
फेन्सिङको अंक तालिका अनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गरेको छ ।
बागमतिले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको बिजयी सुरुवात
गोरखा
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्र्तगत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जितको सुरुवात गरेका छन् ।
प्रतियोगिता अन्र्तगत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् ।
पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरेको निर्णायक दिपेश गिरीले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका विश्वविजय घिमिरेलाई पराजित गरे । त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज बि.क बीच भएको प्रतियोगिता ‘ड्र’ भएको छ ।
खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रसान्त दासलाई पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका सुरवीर लामाले पराजित गरेका छन् भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजीव कार्कीलाई पराजित गर्न सफल भएका छन् ।
प्रतियोगिता अन्र्तगत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मति प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गरिन भने एनआरएनकी बिनिता कपालीले मधेस प्रदेशकी संगीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी हुन् ।
प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको छ ।

त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।

अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।

यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो ।

दोस्रो खेलमा बागमती र सुदुरपश्चिम अहिले खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।

You may also like