Home » १५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

by Pokhara City

पोखरा, २९ असोज ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् ।
उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमार अजितले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा पार गरे ।
महिलातर्फ एपीएफका पूmलमति रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । पूmलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बुले ५ मिनेट ३ सेकेन्डमा दुरी पार गरिन् ।

You may also like