Home » महिला क्रिकेटमा आयोजक गण्डकीको लज्जास्पद पराजय

महिला क्रिकेटमा आयोजक गण्डकीको लज्जास्पद पराजय

by Pokhara City

२९ असोज, पोखरा
नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा घरेलु टोली गण्डकी प्रदेशले लज्जास्पद प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरीएको छ । गण्डकीले लिग चरणका कुनैपनि खेलमा दर्शनिय खेल प्रस्तुत गर्न सकेन । शनिबार भएको अन्तिम खेलमा बागमती प्रदेशसंग ३० रनले पराजित भएसंगै गण्डकीले विना जित नवौंको यात्राबाट बिट मारेको हो ।
खेलमा पहिला व्याटिङ गरेको बागमतीले २० ओभरमा ८८ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा गण्डकीको पारी मात्रै ५८ रनमा समेटियो । १९.१ ओभरमा गण्डकीको सम्पूर्ण विकेट झरेको थियो । बागमतीको व्याटिङमा प्लेयर अफ द म्याच सोनी पाख्रिनले २१ रन बनाइन् ।
यसअघिको खेलमा सशस्त्र प्रहरीको एपीएफले मधेश प्रदेशलाई २७ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको एपीएफले ७ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । मधेशका खेलाडीले पुरै २० ओभर खेलेपनि ७ विकेट गुमाउँदै ७४ रनमात्रै बनाउन सके । एपीएफको जितमा नेरी थापाले आफ्नों स्पेलमा ६ रन खर्चिएर ३ विकेट लिएकी थिइन् । एपीएफको व्याटिङमा ममता चौधरीले १७ तथा राजमति ऐरीले १६ रन जोडिन् । मधेशका लागि सरस्वती कुमारी र कविता गौतमले समान १३ रन बनाएका थिए ।

You may also like