Home » स्क्वास पुरुषतर्फ प्रिक्वाटर सकियो, महिलातर्फ लिग चरण जारी

स्क्वास पुरुषतर्फ प्रिक्वाटर सकियो, महिलातर्फ लिग चरण जारी

by Pokhara City

पोखरा, २९ असोज ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुष तर्फ प्रिक्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् ।
गण्डकीका अमृत थापामगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा र गण्डकीकै नवराज थापाले प्रदेश नम्बर १ का विर बहादुर नेपाललाई ३–० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे ।
बागमतीका अह्रान्त सिम्हाले एपिएफका पासाङ ब्लोनलाई ३–० को सोझो सेटमा पराजित गरे । एपिएफका दिव्य बज्रचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३–० को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । बागमतीका राजेन्द्र शाक्य (दाई) ले एपिएफका रिद्दी शाक्य (भाई) लाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान बनाए ।


यसैगरि गण्डकीका दिपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरे । अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे । यसैगरि बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथी वाकओभरमार्फत विजयी हुदै अन्तिम ८ मा प्रवेश पाए ।
महिला तर्फ भएको लिगचरणमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३–० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापामगरले बागमतीकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराइन् ।
महिलातर्फको भएको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् ।
पोखरामा जारी प्रतियोगितामा २ विभागीय टोली र ५ वटा प्रदेशबाट कुल २५ जना पुरुष र ७ जना महिला खेलाडीहरुले सहभागिता जनाएका छन् ।
स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।

You may also like