Home » महिला फुटबल प्रतियोगितामा तीन खेल सम्पन्न

महिला फुटबल प्रतियोगितामा तीन खेल सम्पन्न

by Pokhara City

२९, असोज ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा तीन खेल सम्पन्न भएको छ ।
शनिबार भएको पहिलो खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । एपिएफ क्लबले कर्णाली प्रदेशलाई १६–० फराकीलो गोल अन्तरले पराजित गर्र्दै जित दर्ता गरेकोे हो ।
खेलको ५ आँै मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् । लगत्तै खेलको ९ औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।
खेलको १३ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८ औँ मिनेटमा हिराकुमारी भुजेलले दिएको असिष्टलाई अवसरमा बदल्दै तेस्रो गोल गरेर ह्याट्रिक पुरा गरिन् ।


यस्तै खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन भने २१ औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन् ।
यस्तै २७ औँ मिनेटमा पुनः अनिता केसीले सातौँ गोल गरिन । खेलको ३६ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो र समुहका लागि आठौँ गोल गरिन् । खेलको ४५ औँ मिनेटमा सावित्रा भण्डारीले नवौँ गोल गरिन् भने पहिलो हाफ अन्तर्गत थप गरिएको तीन मिनेट समय भित्र सविता राना मगरले १० औँ गोल गरिन ।
यसैगरी खेलको ४८ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत तेस्रो तथा समुहका लागि ११ औँ गोल गरेर ह्याट्रिक पुरा गरिन् ।
खेलको ५२ औँ मिनेटमा सावित्रा भण्डारीले १२ औँ गोल गरिन भने ६१ औँ मिनेटमा मनमाया लिम्बुले पेनाल्टी मार्फत १३ औँ गोल गरिन् ।
यस्तै खेलको ७१ औँ मिनेटमा गिता रानाले १४ औँ गोल र ८३ औँ र ८६ औँ मिनेटमा रविना गोलेले १५ औँ र १६ औँ गोल गरिन ।
यस्तै शनिबार भएको दास्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।
खेलको ३६ आँै मिनेटमा प्रदेश १ की अन्जना थुलुङराईले पहिलो गोल गदैँ आफ्नो टिमलाई अगाडि बढाएकी थिईन् ।
खेलको दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले आफ्नो टिममा एक गोल थपी आफ्नो समुहलाई दुई अंक बनाउन सफल भएकी थिईन ।
खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले एक गोल गरेर आफ्नो समुहमा खाता खोल्न सफल भएकी थिईन् ।
खेलको १९ औँ मिनेटमा गण्डकीकी सरिस्मा थापाले पँहेलो कार्ड पाएकी थिईन् ।


यसैगरि शनिबार भएको तेस्रो खेलमा वाग्मती प्रदेशले लुम्बीनी प्रदेशलाई ७¬–० गोल अन्तरले पराजित गर्दै जित निकालेको छ ।
खेलको २५ औँ मिनेटमा बाग्मतीकी सुजिता लामाले पहिलो गोल गर्दै विजयीको यात्रा अगाडि बढाएकी हुन् । लगत्तै केहि सेकेण्डमा लुम्बीनीकी आकृति वलीले आत्मघाती गोल गर्दा पुन वाग्मतीलाई दोस्रो गोल हातपरेको थियो ।
खेलको २९ औँ मिनेटमा पुजा लामाले एक गोल थपिन र आफ्नो समुहमा तेस्रो गोल बनाईन् ।
खेलको ३७ औँ मिनेटमा मनिसा थापा मगरले समुहका लागि चौथो गोल बनाईन भने ३८ औँ मिनेटमा पुजा लामाले पाँचौ गोल थपिन् ।
यस्तै खेलको ७६ औँ मिनेटमा कुमारी तामाङले छैँटौ गोल गरिन भने ८१ ऋौँ मिनेटमा सुजता लामाले सातौँ गोल गर्न सफल भईन् ।

You may also like