Home » नवौ राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी र पुलिस अगाडि

नवौ राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी र पुलिस अगाडि

by Pokhara City

पोखरा

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवारदेखि सुरु बक्सिङ खेलमा विभागीय टोली आर्मी, र प्रहरी अगाडि रहेका छन् ।
शनिवार पुरुषतर्फ ११ र महिलातर्फ १२ खेल सम्पन्न थिए ।

पहिलोपटक पुरुषतर्फ खेलमा गण्डकी प्रदेशका दर्शन गुरुङ र कर्णाली प्रदेशका मोहन गुरुङ भिडेका थिए ।गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् । यस्तै, गण्डकी प्रदेशका विफिन गुरुङलाई हराउदै कर्णालीकै जीवनकुमार पुन विजयी घोषित भएका छन् । उनले ५ नम्बर ल्याएका थिए । नेपाल पुलिस क्लवका शम्भुराज बंशीले र सुदुरपश्चिममा प्रदीप जाग्रीलाई हराएका छन् भने, एनआरएनएका अमित थापालाई हराउँदै प्रदेश नम्बर १ का आंपाम्बा शेर्पा विजयी भएका छन् । शेर्पाले ५ नम्बर प्राप्त गरेका छन् ।

यसैगरी कर्णालीका विरेन्द्र राउतलाई हराउँदै सुदूरपश्चिमकै बलबहादुर पुन विजयी भए । एनआरएनएका किशोर शर्मालाई हराउँदै एपीएफका विक्रम परियार विजयी भए । गण्डकीका कुशल कुमाल वाक ओभर गरेपछि मधेश प्रदेशका दिपेन्द्रसिंह पट्टेल विजयी घोषित भएका थिए । सुदुरपश्चिमका भरत चन्दलाई हराउँदै आर्मीका मनराज र कर्णालीका मनराज शाहीलाई हराउँदै आर्मीका दिपेश लामा र गण्डकीका मनिष विसीलाई हराउँदै बाग्मतीका विनिस राई विजयी भए ।

यस्तै महिलातर्फ १ नम्बर प्रदेशकी शीला राईलाई हराउँदै पुलिसकी रीता धरला, एपीएफकी शर्मिला तामाङलाई हराउदै आर्मीकी वर्षा श्रेष्ठ, गण्डकी प्रदेशकी रमिसा श्रेष्ठलाई हराउदै आर्मीकी आरती बोमजन विजयी भए ।

त्यस्तै, आर्मीका ललिता महर्जनलाई हराउँदै गण्डकीकी सोनीया बरुवाल, प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराउँदै पुलिसकी दिवाना शर्मा, गण्डकीकी अस्मिता थापालाई हराउँदै एपीएफकी निशा तामाङ, एपीएफकी मुगामाया पाख्रिनलाई हराउँदै बाग्मतीकी हिमा राई, कर्णालीकी मनिसा खारुलाई हराउँदै एपीएफकी संगीता सुनार र १ नम्बर प्रदेशकी सोममाया लिम्बुलाई हराउँदै लुम्बिनी प्रदेशकी सुकसयाकुमारी कुमाल विजयी भएकी छन् ।

Photo: Ram gurung/Pokharacity.comn

Photo Gallery

You may also like