Home » नवौं राष्ट्रिय खेलकुद : ४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान कायम

नवौं राष्ट्रिय खेलकुद : ४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान कायम

by Pokhara City

पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् ।
पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन् ।
उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।
सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै काँस्य पदक जिते ।
महिलातर्फ एपीएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।
आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जिते ।

You may also like