Home » जुडोमा आर्मीलाई ४ स्वर्ण

जुडोमा आर्मीलाई ४ स्वर्ण

by Pokhara City

पोखरा

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।
मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३÷३ रजत र काँस्य पदक पनि जितेको छ ।
पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ काँस्य पदक प्राप्त गरेको छ ।
बागमतीले प्रदेशले १ रजत र ३ काँस्य पदक जित्यो । लुम्बिनी र एपीएफले १÷१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १÷१ काँस्य हात पारेका छन् ।


आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।
पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन् । यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन् ।
गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन । सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् ।
पुरुषतर्फ ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ । ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन् । यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ ।

You may also like