पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पोखरामा जारी कबड्डीमा महिला तथा पुरुष स्पर्धा अन्र्तगत लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आर्मी, लुम्बिनी प्रदेश, प्रदेश नम्वर १, सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी क्लव विजयी भएका छन् ।
यस्तै महिलातर्फ कर्णाली प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र बागमती प्रदेश विजयी भए । प्रतियोगिता अन्र्तगत पहिलो खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई ४९–३० अंकले पराजित गर्दा दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले गण्डकी प्रदेशलाई ६२–१३ अंकले पराजित गर्दै विजयी भयो । तेस्रो खेलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बललाई ५३–२६ अंकले पराजित गर्दा चौंथो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेश माथि ५५–२७ अंकले पाखा लगायो । पाँचौ खेलमा सुदुर पश्चिमले बाग्मती प्रदेशलाई ४५–३६ अंकले पाखा लगाउँदा अन्तिम खेलमा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई ५८–५४ अंकले पराजित गर्दै जित दर्ता ग¥यो ।
महिलातर्फ कर्णाली प्रदेशले प्रदेश १ लाई ३७–३० अंकले, आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४७–१३ अंकले, प्रहरीले लुम्बिनी प्रदेशलाई ५५–१० अंकले पराजित गर्दा सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ६७–१९ अंकले, गण्डकी प्रदेशले प्रदेश १ लाई ४७– २५ अंकले र अन्तिम प्रतिस्पर्धामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २९–२७ अंकले पराजित गर्दै विजयी भएका हुन् ।
प्रतियोगिता अन्र्तगत बुधबार बाँकी रहेका लिग चरणका अन्तिम खेलसहित सेमीफाइनल चरणका स्पर्धाहरु सञ्चालन हुँदैछन् । जसमा लिग चरण अन्र्तगत महिलातर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बल अन्तिम प्रतिस्पर्धा नेपाल प्रहरी क्लव र गण्डकीविच सञ्चालन गरिने छ ।
यस्तै, पुरुषतर्फ मधेश प्रदेश र सशस्त्र प्रहरी, आर्मी र प्रदेश १ तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका बीच लिग चरणको अन्तिम खेल सञ्चालन हुने छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेका प्रतियोगितामा गण्डकी प्रदेशसहित सात प्रदेश, तीन आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १० समूहका महिला तथा पुरुष गरी २० टिमकोसहभागिता छ ।
प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिबमा जारी छ ।
previous post