पोखरा
मिति २०७९।०७।१४ गते यस जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।३० पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको बसमा सवार जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १३ बाझापाटन स्थायी घर भइ हाल ऐ। वडा नं।२ विन्दवासिनी बस्ने वर्ष ३० को सन्दिप सेन्चुरीको साथबाट लागू औषध डाईजापाम(६३ एम्पुल, फेनार्गन(६३ एम्पुल र नुर्फिन–६३ एम्पुल गरी जम्मा(१८९ एम्पुल लागू औषध फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात ९७० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।