पोखरा
बि. स. २०२६ साल बैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका वडा न ३३ भरत पोखरीका स्थायी बासिन्दा रहेका भिम बहादुर कार्की आन्दोलनको राप र तापले खारीएका नेता हुनुहुन्छ । आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा कास्कीको क्षेत्र न २(१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ बर्षको कलिलो उमेरमा नै निर्दलिय पन्चायती ब्यबस्थाको क्रूर दमनका बिरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर बिद्यार्थी आन्दोलन मार्फत न्याय र समानताको पक्षमा आबाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिनुभएको हो । कार्की १४ बर्षे कलिलो उमेर अर्थात बि .स.२०४०सालमा पहिलोपटक गिरफ्तार हुनुभएको थियो ।
जनताको मुक्तिको खातिर सतिसाल झै उभिएको त्यो बालापन न त कुनै गिरफ्तारी धरपकडले अत्तालियो न त कुनै क्रुर निर्मम यातनाले नै बिचलित भयो। पन्चायत बिरोधिहरूलाइ क्रूर यातना दिने तत्कालिन शासकको प्रताडनाले कार्किको हुर्कदो मस्तिष्कमा उब्जेको आन्दोलनको ज्वारभाटा रोकिएन। २०४२ सालको आन्दोलन , २०४५ सालको नाकाबन्दी बिरोधी आन्दोलन ,२०४६ र २०६२-६३को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताउदा आगो खाएर अगार ओकल्न सक्ने ,यातना र संघर्स सजिलै पचाउन सक्ने, क्षमताले एक परिपक्व र आदर्श नेताको रूपमा चिनिनुहुन्छ। बिद्यार्थि आन्दोलनको मूल प्रबाह अनेरास्ववियुका बिद्यालय र क्याम्पसका विभिन्न कमिटिमा रहेर नेपालको बिद्यार्थि आन्दोलनका ससक्त अगुवाको रूपमा अघि बढ्दै जानू भएका भिम कार्की बि. स .२०४७ मा पार्टिको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिबको जिम्मेवारी कुशलतापूर्बक निर्बाह गर्नुभयो । जीवनमा जनताको मुक्तीगामी आन्दोलनको कुशल सिपाही र कुशल संगठन क्षमताका धनी भिम कार्किको बैचारिक र साङ्गठनिक कार्यक्षमताकै करण पार्टिले उहाँलाई तत्कालिन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटायो। पार्टीको आग्रहलाई शिरमा राखेर एक इमान्दार सिपाही भएर २०४८ सालमा गोर्खा जिल्लामा पुगि पार्टी कामलाइ ब्यबस्थित बनाउन तल्लिन हुनुभयो ।
पार्टिको आदेश शिरोपर गर्ने एक कर्मठ इमान्दार संगठक कार्की फेरि बि . स. २०५२ देखि २०६२ सम्म १९ बर्ष मनाङ्को सचिबको जिम्मेवारी सहित जनता जगाउन तल्किन हुनुहुन्थ्यो । कतै हिउँका डल्ला , कतै जाडो ,कतै पहाड , के अनुकुल , के प्रतिकुल सबै परिस्थितिको सामना गर्दै निरन्तर नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कार्की २०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य निर्बाचित हुनुभयो। त्यसपछि निरन्तर २०७० सालसम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुनुभएका भिम कार्की २०५८ सालमा गण्डकी अञ्चलको कार्यालय सचिब हुँदै २०६६ देखि२०७४ सम्म पार्टिको केन्द्रिय स्कुल बिभागको सदस्य हुनुभयो। पार्टिका बैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षक उहाँको परिचय त हो नै कुशल बौद्धिक नेतृत्व उहाँको अर्को परिचय हो। २०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा बनेको तत्कालीन ने क पा को केन्द्रिय सदस्यको भुमिका प्रभाबकारी ढंगले निर्बाह गर्नुभएका कार्की एमालेको दशौ महाधिवेशनबाट केन्द्रिय सदस्य निर्बाचित भए लगत्तै कास्की इन्चार्ज भएर कार्यमा तल्लिन हुनुभयो।
हाल पार्टिको केन्द्रिय सदस्यको जिम्मेवारी सहित केन्द्रिय भुमि ब्यबस्था बिभागको उप -प्रमुखको रूपमा समेत क्रियाशिल हुनुहुन्छ। निरन्तर ४० बर्ष पार्टी आन्दोलन मै जीवन समर्पित गरेका कार्कीले पटक -पटक पार्टी सरकारमा जादा न कुनै साम्सद मन्त्रीको चाहना राख्नु भयो न त कुनै कुनै राजकिय नियुक्तिको चाहना नै। चुप चाप पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्बक सम्पन्न गर्ने कामयाबी गुणका कारण नै उहाँलाइ तत्कालीन के .पि .ओलि नेतृत्वको सरकारद्वारा गठित भुमी सम्बन्धि समस्या समाधान आयोगको प्रबक्ता सहित केन्द्रिय सदस्यको जिम्मेवारी काधमा आइपुग्यो । जस्तोसुकै कठिन कामलाइ पनि अबशरको रूपमा सदुपयोग गर्न सिपालु कार्की जीवनकालमा पहिलो पटक प्राप्त राजकीय यो भुमिकालाइ झन् नयाँ ढंगबाट सम्पादन गर्न रत्तिभर पनि चुक्नु भएन। समृद्ध नेपाल – सुखी नेपाली नै अबको आफ्नो अन्तिम लक्ष्य भएको बताउने कार्की भुमी आयोगमा रहदा कहिले नीति नियम बनाउन तल्लिन हुनुभयो भने कहिले पूर्ब देखि पश्चिमका अधिकाम्स जिल्लामा भुमीहिन र अव्यवस्थितहरूको पहिचान र उनिहरूको हक अधिकारको वकालत गर्न चुक्नु भएन। सबै कामहरू सम्पन्न हुने क्रममै रहेका बेला देशमा सरकार फेरिए लगत्तै उहाको आयोग पनि बिगठन भए सङ्गै कतिपय काम असरल्ल परे।
के पि ओलि सरकारका अधुरा बग्रेल्ती काम पूरा गर्नु त छदैछ त्यसका अलावा केही ब्यबस्थित योजना सहित पार्टिकै आदेश अनुसार आफू समृद्ध गण्डकी अनि समृद्ध नेपाल निर्माण गर्ने एकमात्र स्वार्थ सहित प्रदेश सभा सदस्य पदको उम्मेदवार बनेको बताउने भिम कार्की एक सादगी ,त्यागि र इमान्दार नेताको रूपमा चिनिनुहुन्छ। चाहे बिकासका योजना बनाउदा होस,चाहे कैयौं बौद्धिक बहसहरूमा होस आफ्नो प्रभाबशाली छवि बनाउन प्रयत्नशील रहने कार्की अबको निर्बाचन मार्फत जनताको मन र मतबाट अनुमोदित हुनेमा ढुक्क हुनुहुन्छ।