मिती २०७६ सालमा सवारी दुर्घटनामा मानिस मृत्यु भएकोमा मिन बहादुर घर्ती मगरको जाहेरीले सवारी ज्यान मुद्दामा सम्मानित रुपन्देही जिल्ला अदालतको मिति २०७८।०९।०८ गतेको फैसलाले १ वर्ष कैद तथा रु २,०००।(जरिवाना ठहर भई फरार रहेका जिल्ला रुपन्देही साविक रुद्रपुर गाविस वडा नं ४ हालको कञ्चन गाँउपालिका वडा नं ५ मा बसोबास भएका फरार प्रतिवादी यमलाल पाण्डे रुपन्देही जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको छन् भन्ने गोप्य सूचनाको आधारमा प्रतिवादी यमलाल पाण्डेलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरिक्षक जगन्नाथ मरासिनी समेत भई खोजतलास गर्दा यमलाल पाण्डे निजको घरवतनमा लुकिछिपी बसेको अवस्थामा हिजो मिति २०७९।०८।१३ गते विहान
फेला पारी तत्काल पक्राउ गरी फैसला कार्यान्वयनको लागी रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार चलान भएका छन् ।
previous post