Home » पोखरा महानगरपालिकाद्धारा २४ वटा फर्मलाई स्टार्ट अप अनुदान प्रदान

पोखरा महानगरपालिकाद्धारा २४ वटा फर्मलाई स्टार्ट अप अनुदान प्रदान

by Pokhara City

पोखरा, १९ मङ्सिर ।
पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र ९इबीक० परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरिएको हो ।

महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले भन्नुभयो, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो ।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले बताउनुभयो ।

सुन्ती पुर्जा ९हस्तकला०, सरस्वती अधिकारी थापा ९गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन०, चुत्रल कृषि समूह ९कृषि उत्पादन०, ग्रिन रोड वेस्ट म्यानेजमेन्ट ९प्लास्टिक व्यवस्थापन०, एक कल होम सोलुसन ९विभिन्न सेवाका लागि प्राविधिक सेवा०, सुवास परियार ९वातावरणमैत्री झोला प्रवद्र्धन०, रेखा कुमारी थापा ९गँड्यौला मल प्याकेजिङ०, बाबुराम बस्ताकोटी ९आर्ट एन्ड ह्याण्डी क्राफ्ट०, प्रेम बहादुर वि।क ९मेटल उद्योग०, महिला सीप विकास संस्था ९हस्तकला उत्पादन०, पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र ९सिकाई प्रवद्र्धन० र जमुना सुनार ९हस्तकला० लाई नगद रु।५०÷५० हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।

यस्तै, झलक प्रसाद बराल ९पोल्टी०, तारानाथ पहारी ९कृषि पर्यटन०, पोखरा वर्डस एन्ड एग्रो फार्म ९कृषि०, ज्योति प्रोभिजन स्टोर ९लोकल ध्यु तथा पनिर उत्पादन०, पिन शोभा गुरुङ ९विषादी मुक्त अग्र्यानिक उत्पादन०, रनदेवी गुरुङ ९कृषि तथा पशुपालन०, विश्वबन्धु पोखरेल ९कृषि तथा पश०ु, विष्णु माया आचार्य ९हस्तकला०, पद्मावति खाद्य उद्योग ९आयुर्वेदिक औषधी तथा जडीबुटी०, बिजुला परिवार ९टेलर्स०, देविथान कृषि फर्म ९कृषि० र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद रु।५०÷५० हजारका अनुदान सहयोग उपलब्ध गराइएको हो ।

पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताउनुभयो ।

पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको हो ।

You may also like