पोखरा २१, मंसिर
पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत विहिबार सेमिफाइनलका खेलहरु हुने भएका छन्। विहिबार पहिलो सेमिफाइनलको खेलमा कास्की मोडजाइज एकेडेमी बिरुद्ध इम्यानुएल स्कुल बिच खेल हुने भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।
पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदानमा विहिबार दोश्रो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमी बिरुद्ध लिटिल फ्लावर बिच खेल हुने भएको छ । बुधबार भएको खेलमा कास्की मोडजाइज एकेडेमीले नेश्नल क्रियसनलाई टाईब्रेकरमा ४–३ को गो्ल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल नभए पछि खेल सिधै टाईब्रकरमा पुगेको हो । अर्को खेलमा इम्यानुएलले विरेन्द्र मेमोरियललाई ४–० ले पराजित गर्यो ।
त्यसै गरी चिल्ड्रेन एकेडेमीले टाईब्रकरमा ५–३ को गोल अन्तरले हिल साइडलाई पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन सकेन । बुधबारको अन्तिम खेलमा लिटिल फ्लावरले राइजीङ स्टारलाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा जारी उक्त महोत्सव अन्र्तगत बुधबार जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए । बुधबारको खेलमा कास्की मोडनाइज एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनायो । अर्को खेलमा भने नेश्नल क्रियसनले गण्डकी एकेडेमी माथि ३–२ को जित हासिल गर्यो । समुह एमा रहेका नेश्नल क्रियसन र कास्की मोडनाइजले फाइनल यात्राको लागि प्रतिष्प्रर्धा गर्ने भएका छन्।
त्यसै गरी समुह बीमा रहेको गोर्खा बोर्डिङले बुधबारको खेलमा एलपी देवकोटा मेमोरियल स्कुललाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सेमफाइनलमा यात्रा बनायो । बुधबारको अन्तिम खेलमा भने भुनिभर्ष स्कुलले साइनिङ स्टार स्कुल माथि २–० को शान्दार जित हात पार्दै अन्तिम चारमा स्थान बनायो । प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको छ । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।