पोखरा, ५ पुस
तमु समुदायको महान चाड, नयाँवर्ष तो ल्हो(बाघ वर्ग)को बिदाई र ह्युई ल्हो(बिरालो वर्ग)आगमनमा आउदो पुस १६ गते पोखरामा आयोजना गरिएको शुभकामना र्याली एवम विशेष कार्यक्रमको तयारीमा पोखरेली तमुहरु जुटेकाछन्।
तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजना, कस्केली तमु समाज, संघ संस्थाहरुको सहभागितामा पुस १६ गते पोखरामा आयोजना गरिने बृहत शुभकामना र्याली एवम कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन तमु धिं, तमु प्ये ल्हु संघसहित विभिन्न समितिहरु तयारीमा जुटेको हो।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपाल सम्पन्न तयारी बैठकले पुस १६ गतेको पोखरा सभागृहबाट शुभकामना र्याली शुरु भई अमरसिंहचौरमा सम्पन्न हुने विशेष कार्यक्रमलाई भव्य बनाउन क्षेत्रगत रुपमा तमु समाजका अगुवाहरु भेला बैठक गर्ने निर्णय गरेको छ।
गठित उपसमितिले तयारीका बारेमा रिपोटिङ पश्चात सम्पन्न छलफलले पुस ७ गते पोखरा १, २, ३, १६ र १९ मा रहेका तमु समाजहरुको अध्यक्षसहितको तयारी भेला बैठक भिमकालीपाटन तमु समाजमा, पोखरा ११, १२ र १३ मा रहेका तमु समाजका अध्यक्षसहितको छलफल बिहान ११ बजे माटेपानीस्थित ताङतिङ दुधपोखरी तमु समाजमा, पोखरा १०, १४ र १५ मा रहेका तमु समाजहरुको अध्यक्षसहितको तयारी बैठक दिउसो १ बजे इन्द्रमार्गस्थित कोल्माबहाकोट तमु समाजमा र पोखरा ५, ६, ७, ८, ९ र १७ मा रहेका तमु समाजहरुको अगुवाहरुसँग दिउसो ३ बजे पोखरा ७ स्थित रत्नचोक तमु समाजमा गर्ने निर्णय गरेको छ।
पोखरा सभागृहबाट शुरु हुने शुभकामना र्याली अमरसिंह चौरमा पुगी विशेष समारोहमा परिणत हुने भएको छ। शुभकामना आदान प्रदान, नवनिर्वाचित प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य(देशैभरका तमु)हरुलाई बधाई सम्मानका गरिने आयोजकले जनाएको छ।
छेलोमा विजयी भई उक्त वर्षको म्रु हुने तमुहरुको पुरानो मान्यतासहित ह्युई ल्हो आगमनको अवसरमा आयोजित छेलो प्रतियोगिता(तमुहरु बिच)गरिने भएको छ भने विजयीले २५ हजार, दोस्रोलाई १५ हजार र तेश्रोलाई १० रुपैयासहित पुरस्कृत गर्ने निर्णय गरेको छ।उक्त छेलो प्रतियोगितामा सहभागी हुने महिलाहरुलाई विशेष सम्मान गरिने समेत निर्णय गरेको छ।
previous post