पोखरा ।
काठमाडौंमा बस्दै आएका रञ्जित जन्मोत्सवको अवसरमा जन्मभूमि पोखरा आएका थिए । त्यही अवसरमा उनका भतिजाहरू वैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जित तथा बुहारीहरुले आफ्ना काकालाई दीर्घायुको कामनासहित जन्मोत्सव मनाउने चाँजो मिलाएका थिए ।कलाकार कृष्णगोपाल रञ्जितले ९१ औं जन्मोत्सव गृहनगर पोखरामा मनाएका छन् ।
वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’, कविद्वय तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, शिक्षासेवी जर्ज जोन, कलाकार सुनील सिग्देलसहितका व्यक्तित्वहरुले कृष्णगोपाललाई जन्मोत्सवको शुभकामना प्रदान गरे । कलाकार रञ्जितले शिक्षासेवी जर्ज जोनसँग २०१० को दसकमा काठमाडौंमा भेटेको र सँगै एउटै इन्स्ट्च्यिुटमा काम गरेको सम्झना गरे ।
तस्विरः सुदर्शन रन्जित