Home » एसओएसमा हाजिरीजवाफ

एसओएसमा हाजिरीजवाफ

by Pokhara City

पोखरा २० माघ

पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा शुक्रबार अन्तरसदनात्मक रूपमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । तीन चरणमा फरक फरक समूहका विद्यार्थीले सहभागिता जनाएको स्पर्धामा पहिलो चरणमा विज्ञान र गणितबाट प्रश्न सोधिएको थियो । दोस्रो चरणमा सामाजिक, समान्य ज्ञान र कम्प्युटरबाट प्रश्न सोधिएको थियो । तेस्रो चरणमा अर्थशास्त्र, लेखा र व्यवसाय शिक्षाबाट प्रश्न सोधिएको विद्यालयका सिनियर अङ्ग्रेजी शिक्षिका तथा कार्यक्रम सञ्चालिका छिरीङ युडोनले जानकारी दिइन् । प्रतिस्पर्धामा ४८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । तीन चरणको स्पर्धामा प्रश्नकर्ताको भूमिकामा विद्यालयका शिक्षकहरू गोविन्द गैह्रे, वंशी स्याङ्देन र कुमारचन्द्र सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा समय पालकमा रामचन्द्र दाहाल तथा अङ्क लेखनमा शिक्षक छविराज पौडेलले सहजीकरण गरेका थिए । प्रतियोगितामा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय हुन सफल भए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले विद्यार्थीको चौतर्फी विकासमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । विद्यार्थीको स्मरण शक्तिको विकासमा हाजिरीजवाफले सहायोगी भूमिका खेल्ने भन्दै उनले विद्यालयले पढाइसँगै सहक्रियाकलापलाई निरन्तरता दिइरहनेमा जोड दिएको विद्यालयका शिक्षक अमृत घिमिरेले जानकारी दिए ।

You may also like