साहित्य शृङ्खलाको २४०औ नियमित रचना वाचनमा लक्ष्मी जयन्ती को छेको पारेर महाकवि देवकोटाले नेपाली साहित्य साहित्यमा दिएको योगदानको बिषयमा डा.रविलाल अधिकारीद्वारा विशेष परिचर्चा गरियो। देवकोटाले उत्कृष्ट महाकाव्यको रचना गरी नेपाली कवितालाई उचाई प्रदान गरेको बिचार प्रगतिशील कवि नुमराज बरालले राख्नुभयो। संस्थाका सल्लाहाकार एवम् परिश्रमी प्रतिभा पुरस्कारका अक्षयकोष दाता नारायण परिश्रमीले देवकोटाको आर्थिक अवश्था हामीले बुझेझै नाजुक नभएको कुरा उनका छोराको सङ्गतबाट ज्ञात भएको कुरा कार्यक्रममा राख्नुभयो। उक्त कार्यक्रममा प्रमिला पौडेल, लीला पण्डित, गीता तिवारी ,छविलाल आचार्य ,लक्ष्मण गौतम हि्माली ,रुद्र बहादुर थापाले रचना वाचन गर्नुभयो। कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञा सरस्वती श्रेष्ठ सरुले साहित्य शृङ्खलाले साहित्य लेखनमा रुचि राख्नेलाई लेखनमा टेवा पुर्याइरहेको बिचार राख्नुभयो। कार्यक्रममा संस्थाका उपाअध्यक्ष तारा प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै देवकोटाको शाकुन्तल महाकाब्यबाट कविता वाचन गर्नुभयो। लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका सचिव काजी गाउँलेले सञ्चालन गर्नुभएको थियो। नारायण परिश्रमीको प्यारोडी साथै संगम सांस्कृतिक मञ्चको सांस्कृतिक प्रस्तुति पनि उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो।
