Home » साहित्य शृङ्खलाको २४५औ रचना वाचन तथा डायरी पाना निबन्ध सङ्ग्रहको परिचर्चा

साहित्य शृङ्खलाको २४५औ रचना वाचन तथा डायरी पाना निबन्ध सङ्ग्रहको परिचर्चा

by Pokhara City

साहित्य शृङ्खलाको नियमित रचना वाचन तथा प्रगतिवादी लेखक परशुराम कोइरालाको डायरी पाना कृति परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। प्रा. डा.यमनाथ तिमिल्सिना र प्रा. डा. भवानी पाण्डे भाष्करले पुस्तकमाथि परिचर्चा गर्दै विविध अवरोध छिचोल्दै लेखकले आफ्नो लेखकीय धर्म निभाइरहेकोमा वधाई दिदै लेखनशैलीमा अझै निखार ल्याउँन आवश्यक रहेको कुरा औल्याउनु भयो। संस्थाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लीला पण्डित, अल्पविराम पोखरेली, नरेन्द्र रानाभाट, काशीनाथ कुमाल, छविलाल आचार्य, तेजबहादुर गुरुङ, विजया सुवेदी बिकास लुङ्गेलीले रचना वाचन गर्नुभएको थियो।

लेखकलाई शुभकामना दिदै वामपन्थी वुद्धिजीवी रामराज रेग्मीले समीक्षकले लेखकको गल्ती मात्र उदिन्ने र गुणगान मात्र गाउने दुई अतिवादबाट टाढा रहनु पर्ने बिचार राख्नुभयो। काठ्माण्डौबाट आउनु भएका नेपाली साहित्य घर डटकमका सम्पादक विष्णु भण्डारीले पनि शृङ्खलाका साहित्यिक गतिविधि नियालिरहेको र भविष्यमा अझै उत्साहपूर्ण तरिकाले काम गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ कलाकार यादव चन्द्र भुर्तेल, साहित्यकार नारायण परिश्रमी, सल्लाहकार डा कृष्णराज अधिकारी, सल्लाहकार चुन बहादुर राना, शृङ्खलाका पूर्व संयोजक भीम रानाभाटले पनि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम संस्थाका सचिव काजी गाउँले सञ्चालन गर्नुभएको थियो भने सबै अतिथिलाई संस्थाका उपाध्यक्ष तारानाथ तिमिल्सिनाले शब्दसुमनद्वारा स्वागत गर्नुभएको थियो।

You may also like