कास्की
मिति २०७९।११।०९ गते राति अन्दाजी १२ः१० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१० रामबजार स्थित रहको एनआईसी एसिया बैंकको ATM मेसिन, मिति २०७९।११।०९ गते बिहान ०१:२२ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको ATM मेसिन र मिति २०७९।११।०९ गते बिहान ०४:०२ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ATM मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा CCTV Camera कागजले छोप्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट तत्काल प्रहरी खटिई गई उक्त घटनामा संलग्न जिल्ला उदयपुर गाईघाट न.पा. वडा नं.७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र जिल्ला लम्जुङ मर्स्याङ्दी गा.पा. वडा नं.४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन दश १० म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।