Home » लायन्स क्लब पोखरा ब्लु स्काई वर्ष २०२३/२४ को अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित

लायन्स क्लब पोखरा ब्लु स्काई वर्ष २०२३/२४ को अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित

by Pokhara City

पोखरा

लायन्स क्लब अफ पोखरा ब्लु स्काईको वर्ष २०२३/२४ को अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको निर्वाचनमा लायन वर्ष २०२३/२४ का लागि अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका हुन् ।

त्यसैगरि प्रथम उपाध्यक्षमा कुष्ण सुवेदी, द्धितीय उपाध्यक्षमा दिपकराज गिरी, तृत्तिय उपाध्यक्षमा बिन्दु शर्मा पराजुली, सचिवमा बिरेन्द्र पौडेल, व्यवस्थापकमा लालकान्त चापाई, कोषाध्यक्षमा लोककुमारी क्षेत्री, सहसचिवमा राजु पौडेल र सहकोषाध्यक्षमा निर्मल प्रसाद पौडेल चयन भए ।
त्यस्तै क्लब मेम्बरसिप तथा उत्सव कार्यक्रम चियरपर्सनमा रञ्जु गुरुङ, आइसिटी तथा रिपोर्टीङ अफिसरमा बामदेव भण्डारी, प्रिन्टीङ एण्ड पब्लिकेसन संयोजकमा विश्वराज पौडेल, एलसिआइएफ संयोजकमा सोबिता सुवेदी, फण्डराइजर कोअर्डिनेटरमा सरिता सिग्देल, क्लब सर्भिस चियरपर्सनमा सञ्जय लम्साल, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सनमा राजनराज सुवेदी, कार्यक्रम योजना संयोजकमा रामहरी तिवारी, पब्लिक रिलेसन तथा कल्चर अफिसरमा रामजी पौडेल, मिडिया संयोजकमा राजु गिरी, स्पेशल इभेण्ट कोअर्डिनेटरमा हेमे्रन्द्र भारती, टिमरमा इश्वरी जिसी, टेल ट्विस्टरमा रमेश बराल, प्रोजेक्ट चियरपर्सनमा सरिता गुरुङ चयन भए ।

त्यसैगरि क्लब डिरेक्टरमा दिपेन्द्र पोखरेल, भरतमणी पराजुली, दलकुमारी थापा, लक्ष्मी गुरुङ, कमला पुरी र सुक बहादुर घले चयन भए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ पोखरा ब्लु स्काईका एक्स्टेन्सन चियरपर्सन बिकास भुर्तेलले क्लबको सिद्धान्त अनुसार समाजमा सेवा गर्न आग्रह गरे । उनले सेवा नै धर्म भन्दै सेवामुखि कार्य गरेर ब्लु स्काई लाई अझ माथी लैजादै वर्ष २०२३/२४ का टिमलाई बधाई ज्ञापन समेत गरे ।
क्लबका वर्तमान अध्यक्ष कमल सुवेदीले क्लबले सेवा, नेतृत्व र भाइचारालाई महत्व दिँदै अगाडी बढिरहेको जानकारी दिए । साथै उनले क्लबले गरेका समाजसेवाका कार्यहरु समेत प्रस्तुत गरेका थिए ।

वर्ष २०२३/२४ का लागि निर्वाचित टिमले आउँदो जुलाई १ देखि १ वर्षका लागि रहनेछ । कार्यक्रम सञ्चालन क्लबकी सचिव विन्दु शर्मा पराजुलीले गरेकी थिइन् ।

You may also like