आइतबार
छाला, यौन तथा कुस्ठ रोग बिशेषज्ञ समाज SODVELON को १७ औ वार्षिक सम्मेलन तथा साधारण सभा डा। सृस्टी श्रेष्ठको अध्यक्षतामा समापन भएको छ । वैशाख ८ र ९ गते सम्म पार्क भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि काठमाडौँ बिश्व विद्यालयका उपकुलपति डा। भोला थापा रहनु भएको थियो। त्यस्तै सम्माननीय अतिथिको रुपमा प्रा। डा। गुन्टर बुर्गको समेत उपस्थिति रहको थियो।
आगामी बर्षको लागि गण्डकी मेडिकल कलेज, पोखरामा छाला, यौन तथा कुस्ठ रोग बिभागिय प्रमुखको रुपमा कार्यरत प्रा। डा। सरास्वती न्यौपाने अध्यक्ष रहने गरि क्रमशस् उपाध्यक्ष डा। मनिषा सिंह, सचिवमा डा। निरज पराजुली, कोषाध्यक्षमा डा। रमेश शर्मा, संयुक्त सचिव डा। मोहन भुषाल र सदस्यहरुमा डा। सुबास बराल, डा। सूचना मरहट्टा, डा। अदिति मिश्र, डा। रबिन्द्र बास्कोटा सहितको १० सदस्यीय कार्यकारिणी समिति निर्वाचित भएको हो।
निर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा समाजको चौतर्फी बिकासको लागि लगनशील भएर लाग्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ्र उहाले आफ्नो कार्यकालमा शैक्षिक क्रियाकलाप अनुसन्धानलाइ प्राथमिकता दिने, छाला रोग बिशेषज्ञहरुको सिप बिकासको लागि निरन्तर गोस्ठीहरु यबम कार्यक्रमहरु संचालन गर्दा विकेन्द्रीकरणको नीति लिने प्रतिबद्दता जाहेर गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा। भोला थापाले छाला रोग बिशेषज्ञको महत्व औल्याउदै बिश्वबिद्यालयले योगीक विद्यालयको कक्षा संचालन गर्ने योजना लिएको बताउनुभयो। त्यस्तै प्रा। डा। गुन्टूर ले आफुले धेरै वर्ष देखि यो समाजसंग नजिक रहेको र यसको प्रगति हुदै गएको कुरा औल्याउनु भएको थियो।
७