पोखरा, बैशाख ११ गते ।
पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ ।
संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो ।
सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी खेतीमा आत्मनिर्भर हुन सकेमा आयातलाई प्रतिस्थापन मात्र गर्ने नभई अर्गानिक तरकारीको सेवन गर्न सकिने बताउनुभयो । उहाँले वडा भरीमा घर वरपर जग्गाको सिमितता भएपनि कौशी खेती गर्नको लागि प्रोत्साहीत गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष बिमला रानाभाटले सानै लगानी र लगनशिलताले घरमै अर्गानिक तरकारी फलाउन सक्ने बताउनुभयो ।
त्यसैगरी संस्थाका सचिव शान्ति भुजेल लगायतले कौशी खेतीको फाइदा बारे आफ्नो भनाई राख्नुभएको थियो ।
previous post