Home » गण्डकी प्रदेश तेक्वान्दो संघको तेस्रो साधारण सभा सम्पन्न

गण्डकी प्रदेश तेक्वान्दो संघको तेस्रो साधारण सभा सम्पन्न

by Pokhara City

पोखरा, बैशाख ११ गते
गण्डकी प्रदेश तेक्वान्दो संघको तेस्रो साधारण सभा आज पोखरामा सम्पन्न भएको छ ।
सो सभाको उद्घाटन गर्दै संघका केन्द्रिय उपाध्यक्ष हरिशश्वर पोख्रेलले खेलकूद क्षेत्र पदक जित्नका लागी मात्र नभई जिवन जिउने कला समेत भएकाले जुनसुकै खेल भएपनि आमनागरिकको घर–घरमा लैजानु पर्ने बताउनुभयो । उहाँले खेलमा राष्ट्र प्रेम र राष्ट्र भाव समेत रहने भएकाले आम बालबालिकाको क्षेत्रमा समेत खेलकूदमा गतिविधि पुर्याउन आग्रह गर्नुभयो ।
त्यसैगरी संघका केन्द्रिय सदस्य मदन केसीले तेक्वान्दो खेलले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन थप योगदान दिएकाले खेलको संस्थागत बिकासका लागि जुट्न आग्रह गर्नुभयो ।
संघका प्रदेश अध्यक्ष जगन बहादुर गुरुङले उत्कृष्ट खेलाडीलाई प्रदेशले समेत छात्रावृक्तिको प्रर्वद्धन मिलाई नवोधित खेलाडीलाई अवसर प्रदान गर्ने बताउनुभयो ।
गण्डकी प्रदेश मार्सलआर्ट खेलका लागि उर्वर भुमि भएपनि अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङले तेक्वान्दो खेलको लागि गण्डकी प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधार निर्माण हुन लागेकोमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले गत असोजमा सम्पन्न तेस्रो माउण्ट एभरेष्ट इन्टरनेश्नल खुल्ला तेक्वान्दो प्रतियोगिताले पोखराको खेलकूद मात्र नभई पर्यटन प्रर्वद्धनमा समेत टेवा पुगेको बताउनुभयो । सो खेलमा १३ राष्टका १४ सय ५५ खेलाडीको सहभागिता रहेको थियो ।
संस्थाका महासचिव रमेश पौडेलले महासचिवको प्रतिवेदन प्रस्ततु गर्दै गण्डकी प्रदेशमा ५० वटा भन्दा बढी डोजाङ र स्कूलबाट २७ सय भन्दा बढी तेक्वान्दोका खेलाडीहरुले प्रशिक्षण लिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा तेक्वान्दो संघ पर्वतका अध्यक्ष इन्द्रमान खत्री, कास्कीका कुमार गुरुङ, नवलपुरका भुमीश्वर भुसालले आ–आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो भने समितिका सदस्य शिवराज वाग्ले र बिकल्प बोगटीले तेक्वान्दो खेलको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

You may also like