Home » गिलुङ समाज पोखराको १७ औं साधारण सभा शताब्दी पुरुषलाई सम्मान, क्यालेण्डर विमोचन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा शताब्दी पुरुषलाई सम्मान, क्यालेण्डर विमोचन

by Pokhara City

पोखरा,२३जेठ

लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ ।  समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गरेका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो । पुरानो गिलुङमा जन्मेका गुम्बसिंह हाल पोखरा १३ मा बसोबास गर्दै आएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष सोनाम साङ्पो,गिलुङ समाज तथा कार्यक्रमका अध्यक्ष दूधमान गुरुङ‘आशिष’ लगायतले दोसल्ला र प्रमापत्रसहित सम्मानित गरेका हुन् ।
प्रमुख अतिथि सोनाम साङ्पोले जन्मभूमिलाई सम्झँदै गिलुङ समाजले गरेका सामाजिक कामको मुक्तकष्ठले प्रशंसा गरे । दीर्घजीवनको लागि शरीर र मन स्वस्थ राख्नुपर्ने उनको सुझाव थियो ।


 शताब्दी पुरुषको सम्मानले दीर्घजीवन बाँच्ने प्रेरणाका साथै समाजलाई केही गरौँ भन्ने भावना जागृत हुने समाजका अध्यक्ष दूधमान गुरुङले बताए । अध्यक्ष गुरुङले समाजका सदस्यहरुलाई स्वास्थ्यमा सहज र सुलभ पहुँचको लागि दृष्टि आँखा अस्पताल,नयाँबजार पोखरा र फिजियो तथा अन्य उपचारका लागि ए एण्ड बी इन्टरनेसनल अस्पताल प्रालि विन्ध्यवासिनीसँग सम्झौता गरिएको जानकारी पनि दिए ।

सम्मानित व्यक्तित्वको जीवनीबारे महिला समितिका सल्लाहकार लक्ष्मी गुरुङले जानकारी गराएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सेतेसुब्बा गुरुङसहित मुक्षेत्र गुरुङ,कृष्णबहादुर गुरुङ,तुलसीप्रसाद गुरुङ, देवमाया गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष सु.मे.ह.क्या.कुशप्रसाद गुरुङको स्वागत तथा सचिव टेकप्रसाद गुरुङको संचालन रहेको कार्यक्रमकै अवसरमा समाजले प्रकाशन गरेको क्यालेण्डर पनि विमोचन गरिएको थियो । साधारण सभाले सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको सचिव टेकप्रसादले बताए ।  

You may also like