Home » साहित्य शृङ्खलाको २५०औ नियमित रचनावाचन तथा सिर्जना आलोकको २० औ अङ्कको विमोचन

साहित्य शृङ्खलाको २५०औ नियमित रचनावाचन तथा सिर्जना आलोकको २० औ अङ्कको विमोचन

by Pokhara City

पोखरा

साहित्य शृङ्खला पोखराको २५०औ नियमित रचना वाचन सम्पन्न भएको छ।सिर्जना आलोकको बिसौ अङ्कमा प्रकाशित लेख रचनाको समीक्षा गर्दै समीक्षक प्रेमनारायण ढकालले सिर्जना आलोकले देसका समसामयिक समस्याको उठान गर्ने र निमुखाहरूको आवाज बन्ने प्रयत्न गरिरहेको बिचार राख्नुभयो।बिसौ अङ्कसम्म आइपुग्दासम्म धेरै उतार चढाव झेलेको आलोकको भाषा शुद्धाशुद्धिमा भने त्यति ध्यान नपुगेको कुरा औल्याउनु भयो। उक्त कार्यक्रममा लक्ष्मीप्रसाद पौडेल, विष्णुप्रसाद बाँस्तोला,सीता बराल भण्डारी, शिवप्रसाद गौतम छविलाल आचार्य कल्याण पन्त, नरेन्द्र रानाभाट वसन्त चालिसे ढआकआमओहन बरालले रचना वाचन गर्नुभएको थियो भने संस्थाका सल्लाहाकार रामराज रेग्मीले होचिमिन्हको नेपाली अनुवाद कविता वाचन गर्दै अन्य संस्थाभन्दा श्रृङ्खला अलि भिन्न भएको बिचार राख्नुभयो।

कार्यक्रममा डा भवानी पाण्डे भाष्कर, साहित्य श्रृङ्खला संस्थापक स्ट्रगल राना,वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल, प्राज्ञ सरस्वती श्रेष्ठ सरुले आलोक शृङ्खला सधै जनताको आवाज बनिरहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तारा तिमल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिव काँजी गाउँलेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

You may also like