पोखरा २१ साउन
गुरुङ समुदायको अग्रज कलाकार कृष्ण गुरुङलाई आज यु.के.बाट थप आर्थिक सहयोग पाप्त भएको छ ।
उहाँको स्वास्थ्योपचारको लागि तमू कलाकार साँस्कृतिक मञ्च यु.के.को पहल र रिडिङ तमू समाज यु.के.का अध्यक्ष रुद्रराज गुरुङको अग्रसरतामा समाजका सदस्यहरुद्धारा संकलन गरिएको रु.१ लाख ४० हजार ९ सय २४ रुपैयाँ आज उहाँको निवासमै पुगेर प्रदान गरिएको हो ।
तमू कलाकार साँस्कृतिक मञ्च यु.के.का पूर्व अध्यक्ष एवम रिडिङ तमू समाजका सल्लाहकार चन्द्रबहादुर गुरुङको विषेश उपस्थितीमा गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, तमू चलचित्रकर्मी कृष्णकुमार गुरुङ र सोम गुरुङको समेत सहभागितामा सो रकम हस्तान्तरण गरिएको हो ।
आफनो जीवनको युवा अवस्थादेखि नै गुरुङ तथा लोक गीत संगीतको सृजना, गायन र संगीतमा विषेश योगदान पुरयाउँदै आउनु भएका कृष्ण गुरुङलाई केही समय अघि आमाशयको नलीमा टिमुर पलाएपछि दिल्लीको मेदान्त हस्पिटलमा शल्यक्रिया गरेर नेपाल फर्किनु भएको थियो ।
यस अघि पनि तमू कलाकार साँस्कृतिक मञ्च यु.के.का अध्यक्ष पदम गुरुङको पहलमा बेलायतमा रहेको तमू समाज यु.के., नादा समाज यु.के., तमू धीं यु.के., क्रोम्छें त्होर्जे थिम्जे तमू समाज यु.के. लगायत १ सय ३४ जना सहयोगदाताहरुबाट संकलन गरिएको रु.१७ साल २९ हजार ४० रुपैंयाँ मञ्चकै पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङको उपस्थितीमा कलाकार गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. ४ दुराडाँडा जामुने सिम्लेमा आमा सेती गुरुङ र बाबा धनबहादुर गुरुङको कोखबाट जन्मनु भएका कलाकार कृष्ण गुरुङले वि.सं. २०३९ सालमा रेडियो नेपालमा ‘हो ङदे स्योंर म्येंसी’ बोलको तमू भाषाको गीत रेकर्ड गरेर औपचारिक गायनको यात्रा शुरु गर्नुभएको थियो ।
वि.सं. २०४५ सालमा उहाँले ‘माया आस्येद ओ’ नामक तमू भाषाको गीति एल्बम बजारमा ल्याउनु भएको थियो ।
उहाँद्धारा रचना गरिएको रामर्हानी ङोल्स्यो, गाउँ शहरमा लमजुङ दरबार लगायतका गीतहरु आज पनि उत्तिकै लोकप्रिय रहेका छन् । यसका साथै उहाँ कुशल बाँसुरी बाधक एवम् संगीतकार समेत हुनुहुन्छ । उहाँले थुप्रै गुरुङ चलचित्रका गीतहरुमा संगीत भर्नुभएको छ ।