मोहन न्यौपाने
२० साउन २०८०, तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर(२ वार्ड स्तरिय टोल बिकास संस्था संजालको आयोजनामा डेंगु रोगविरुद्ध जन(चेतनामूलक कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर(२ मा रहेका वार्ड स्तरिय टोल बिकास संस्था संजालका ११ वटै टोल बिकास संस्थाको संयुक्त आयोजनामा वडाका सबै स्थानमा प्ले कार्ड , ब्यानर तथा जनचेतनामुलक माइकिङ्ग सहित जन(चेतनामूलक कार्यक्रम गरि सम्पन्न गरेको हो । तिलोत्तमा वडा नम्बर(२ वार्ड स्तरिय टोल बिकास संस्था संजालका अध्यक्ष क्याप्टेन नर बहादुर कार्कीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो जन(चेतनामूलक कार्यक्रममा गाउँ गाउँमा योजना बनाएरै नगरका टोल(टोल र चोकमा पुगेर जन(चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान यसअघि नै शुरु गरिएको अध्यक्ष कार्कीले जानकारी दिएका छन।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने र त्यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिन नहुने बताउनुभयो। उहाँले पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छानो टायर तथा फालिएका सामाग्रीमा पानि जम्न नदिन सबैले ध्यान पुर्याउनुपर्ने बताउनुभयो। सबैको प्रयासले डेंगुबाट बच्न सकिने भन्दै रोग लाग्नु भन्दा रोग लाग्ने नदिन सबै चेतनशील हुनुपर्ने बताउनुभयो। सो अवसरमा बोल्दै शंकरनगर स्वास्थ्य चौकी इन्चार्ज राजेश ज्ञवालीले डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सजगता अपनाउन सबैलाई अनुरोध समेत गर्नुभयो। त्यस्तै कार्यक्रममा बोल्दै टोल संजालका अध्यक्ष नर बहादुर कार्कीले हाल नगरपालिका क्षेत्र भित्रका अस्पताल र स्वास्थ्य संस्थाहरुमा डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त भएको र उक्त रोग एडीज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएको हुँदा संक्रमणबाट बच्न लामखुट्टेको टोकाई बाट बच्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ ।
कार्यक्रममा वडाका जनप्रतिनिधी वडा नम्बर(२ का अध्यक्ष डिल बहादुर भट्टराई, वडा नम्बर(१ का अध्यक्ष फर्सुराम गिरी, वडा नम्बर(३ का अध्यक्ष कल्याण पौडेल, कार्यपालिका सदस्य सावित्री आचार्य, वडा सदस्य डोल बहादुर थापा, शंकर नगर स्वास्थ्य चौकी इन्चार्ज राजेश ज्ञवाली, शंकर नगर खानेपानीका अध्यक्ष झबिन्द्र भण्डारी, जागृति युवा क्लबका अध्यक्ष बिदुर के।सी।, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब, आमा समुहका प्रतिनिधीहरु,स्वास्थ्य स्वमसेविका,संयुक्त भूपू सैनिक संघ तिलोत्तमाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।संजालका उपाध्यक्ष नारायण चापागाईंको स्वागत तथा वडा नम्बर(२ का सचिव अनिता शर्मा ज्ञवालीको संचालनमा भएको जनचेतना मुलक कार्यक्रममा जागृति युवा क्लबका बिदुर के।सी।ले माइकिङ्ग गर्नुभएको थियो।
डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्न अनुरोध गर्दै डेंगु रोगको रोकथामका लागि तिलोत्तमा नगरपालिकाबाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन नगरबासीहरुमा अनुरोध गरिएको छ।