Home » लोकतान्त्रिक तमु संघ अन्नपुर्ण गाँउपालिका जगन र पोखरा ९ मा शान्ति गुरुङ

लोकतान्त्रिक तमु संघ अन्नपुर्ण गाँउपालिका जगन र पोखरा ९ मा शान्ति गुरुङ

by Pokhara City

पोखरा, २० साउन

लोकतान्त्रिक तमु संघ नेपालको कास्की जिल्ला अन्नपुर्ण गाँउपालिका र पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अन्नपुर्ण गाँउपालिकामा जगन गुरुङको अध्यक्षतामा १६ सदस्यीय गाँउ कमिटि र शान्ति गुरुङको अध्यक्षतामा पोखरा महानगरपालिका वडा नं.९ कमिटि गठन गरेको छ।

अन्नपुर्ण गाउपालिका कमिटिको प्रथम अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले कास्की जिल्ला कमिटिका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमु संघले तमुहरुको मौलिकता, अधिकार, पहिचान, एकतालाई जोड दिदै सम्बृद्ध नेपाल निर्माणका लागि राजनीतिक रुपले पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो।

उक्त कार्यक्रममा लोकतान्त्रिक तमु सघ नेपालका महासचिब हुम बहादुर गुरुङ, केन्द्रीय सचिब सुरेन्द्र गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश समन्वय कमिटिका सचिबालय सदस्य एवम अन्नपुर्ण गाँउ पालिकाका अध्यक्ष बिष्णुबहादुर केसि, प्रदेश सचिबालय सदस्य दिपक तामाङ, प्रदेश कमिटि सदस्य बुद्दिमान गुरुङ, हिमबहादुर गुरुङ, लोकतान्त्रिक आदिबासि जनजाति महासघ केन्द्रीय सदस्य तथा तमु संघका केन्द्रिय लेखा आयोग अध्यक्ष बिष्णुकुमार गुरुङ, लोकतान्त्रिक तमु सघका केन्द्रीय सदस्यहरु सगुन गुरुङ, समबहादु गुरुङ, शोभा गुरुङ, उषा गुरुङ, प्रदेश अध्यक्ष कर्णबहादुर गुरुङ, नेकपा एमाले कास्कीका सदस्य पालिका इन्चार्ज भरतमान गुरुङ, जिल्ला कमिटी सदस्य तथा अन्नपुर्ण गाउपालिका उप प्रमुख चन्द्रकला देबकोटा, नेकपा एमाले अन्नपुर्ण गाउपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा, उपाध्यक्ष मिना गुरुङ, युबा सघ नेपाल कास्की जिल्ला कमिटी सचिव नबराज केसी, लोकतान्त्रिक आदिवासी जनजाति महासघ कास्कीका सचिब एवम वडा नम्बर ९ का अध्यक्ष रमेश गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासघ अन्नपुर्ण गाउपालिकाका संयोजक चन्द्रबहादुर गुरुङ, लोकतान्त्रिक तमु सघ माछापुछ्रे गाउ पालिकाका अध्यक्ष दुर्गाबहादुर गुरुङ, अन्नपुर्ण गाउपालिका वडा नम्बर २ का अध्यक्ष नारायण भण्डारी, ३ का अध्यक्ष महेश्वर पौडेलसहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

अधिवेशनले जगन गुरुङ(वडा नं.११)को अध्यक्षतामा उपाध्यक्ष हिरालाल गुरुङ (४), उपाध्यक्ष जगनमाया गुरुङ (११), सचिव राजु गुरुङ (६), उपसचिब सन्तोष गुरुङ (४),उपसचिव दिलिप गुरुङ (११), कोषाध्यक्ष हिमबहादुर गुरुङ (१०) र सदस्यहरुमा सुमित गुरुङ (४), हेमाली गुरुङ (३), राम गुरुङ (७),राम गुरुङ (११), महादेब गुरुङ (७),चन्द्र कुमारी गुरुङ (९), दिनेश गुरुङ (८), क्षेत्र कुमारी गुरुङ (७), श्याम गुरुङ (११) रहनुभएको छ। नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले सपथ गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष जगन गुरुङ प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा तमु संघका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।

लोकतान्त्रिक तमु सघ कास्कीका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्णकुमारी गुरुङले स्वागत र सचिव डबिन गुरुङले संचालन गर्नु भएको थियो ।

यसरी नै पोखरा महानगरपालिका वडा नं.९ को प्रथम भेलाले शान्ति गुरुङको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको छ। कमिटिको उपाध्यक्षमा लालकुमारी गुरुङ र लक्ष्मी गुरुङ(क), सचिवमा सर्मिला गुरुङ, उपसचिवमा मनबुजा गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ, सदस्यहरुमा लक्ष्मी गुरुङ(ख), कुसकुमारी गुरुङ, मनकुमारी गुरुङ, चन्द्रकला गुरुङ, प्रिति गुरुङ, धनमाया गुरुङ, रोशनी गुरुङ, विष्णु गुरुङ र जुना गुरुङ रहनुभएको छ।

अधिवेशनको प्रमुख अतिथि लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै तमु संघको स्थापना, आवाश्यकता, उद्धेश्य र आगामी योजनामा बारेमा प्रष्ट पार्नुभएको थियो।

लोकतान्त्रिक तमु संघ पोखरा महानगरपालिका कमिटि अध्यक्ष खिमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु संघका केन्द्रिय सदस्य लिलबहादुर गुरुङ, नेकपा एमाले पोखरा महागरपालिका सचिवालय सदस्य कमलबहादुर श्रेष्ठ, नेतृ दिलमाया गुरुङ, एमाले वडा कमिटि अध्यक्ष प्रेम गुरुङ, सचिव जगदिस खनाल, अनेमसंघकी लेखमाया गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। तमु संघ पोखरा महानगरपालिका कमिटि सचिव मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति गुरुङले स्वागत गर्नुभएको थियो। नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघ नेपालका महासचिव हुमबहादुर गुरुङले सपथ गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष जगन गुरुङ प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

You may also like