Home » मानव वेचबिखन तथा ओसार पसार मुद्दामा १ जना महिला पक्राउ

मानव वेचबिखन तथा ओसार पसार मुद्दामा १ जना महिला पक्राउ

by Pokhara City

पोखरा
मिति २०८०।०४।०६ गते जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।८ सृजना चोक स्थित एक होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भनि विभिन्न प्रलोभनमा पारी बोलाएको र निजहरुलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०८०।०४।१९ गते जिल्ला गोरखा पालुङटार स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।०८ सृजना चोक स्थित खाजाघर संचालन गरि बस्ने वर्ष ६० की पार्वती काराखेतीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

You may also like