२०८०/०६/०१, सोमबार
प्रवासी नेपाली संघ भारत तमिलनाडु पाण्डीचेरि संयुक्त राज्य समिति अन्तर्गत प्रगतिशिल महिला समितिको आयोजना यबम ब्यवस्थापनमा वर्ष २०८० को हरितालिका तिजको उपलक्ष्यमा भारतको चेन्नईमा रहनुभएका प्रवासी नेपाली महिला दिदिबहिनिहरुलाई हरितालीका तीजको अवसरमा तिज मिलन कार्यक्रम चेन्नैको मुगप्पेयरमा भब्य रुपमा संपन्न भएको छ ।
राज्य महिला बिभागकी अध्यक्ष श्रीमती पदमा के। सि। को अध्यक्षता रहेको कार्यक्रमको संचालन राज्य महिला सचिव श्रीमती मिना गौतमले गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरु तथा गत २०८०/०५/ २६ तदनुसार २०२३/०९/१२ को दिन संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले संसदिय दलका उपनेता सुवास चन्द्र नेम्माङ्गको असामयिक निधन प्रति श्रद्धाञ्जली अर्पण पश्चात् नेपाली राष्ट्रिय गानवाट अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रिय उप(सचिव कृष्ण पोख्रेल रहनु भएको थियो भने अतिथिमा राज्य समिति अध्यक्ष श्री महेन्द्र शर्मा, केन्द्रिय सदस्य सचिवालय सदस्य सिमा निउरे, केन्द्रिय सदस्य सचिब ईन्द्र पौडेल, लिलादेवि पौडेल रहनु भएको थियो भने सबै राज्य पदाधिकारि सहित अखिल भारत नेपाली जनसंपर्क समिति निवर्तमान केन्द्रीय सचिव चन्द्रकान्त आचार्य एवं अखिल भारत नेपाली एकता समाज राज्य सचिव चन्द्र महराको पनि आतिथ्यता रहेको थियो।
प्रगतिशिल तिजगित, नाट्यकला सहित मौलिक तिजगित सहित नृत्यहरु प्रस्तुति गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रिय उप(सचिव कृष्ण पोख्रेलले हामी जे जस्तो अवस्थामा रहेपनि हाम्रो मौलिक परम्परालाइ प्रबास आयोजना गरिएकोमा आयोजक कमिटीलाई बिशेष आभार ब्यक्त गर्नु भएको थियो साथै पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जगाइराख्नु पर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रवासी नेपाली संघ भारत राज्य समिति अध्यक्ष श्री महेन्द्र शर्माले तीज किन र कसरी मनाइयो भन्ने विषयमा स्पष्ट पारी यसको अर्थ र महत्वको चर्चा परिचर्चा गर्नु भयो । उहाँले मध्य काल बाट शुरु भएको तीज पर्व बर्सामासामाखेतिको काम सकेर थकित भएका र महिलाहरूलाई माइत लागि मिठो र पोसिलो खाना खुवाइ निराहार व्रत बस्ने चलन रहेको भन्दै अब निरहार व्रत बस्नै पर्ने कतै नलेखेको र यो महिलाहरूको मात्र नभइ समस्त नेपालीहको चाड पर्व भएको बताउनु भयो ।
कार्यक्रममा सहभागि महिला तथा पुरुषहरुले एक साथ नाचगान र भोजमा सरिक हुन पाउदा आफूहरुलाई नेपालमै भएको जस्तो अनुभूति व्यक्त गरेका थिए । भारतको चेन्नईका विभिन्न स्थान रहनुभएका विभिन्न जातजाति र समुदायको यस कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।