Home » ‘सेलिब्रेटिङ टुरिजम’ भन्ने नाराका साथ स्कल नाइट कार्यक्रम

‘सेलिब्रेटिङ टुरिजम’ भन्ने नाराका साथ स्कल नाइट कार्यक्रम

by Pokhara City

काठमाडौ

स्कल इन्टरनेशनल नेपालले ‘स्कल नाइट’ कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको ठमेलस्थित होटल अलफ्टमा स्कल नाइट कार्यक्रम सम्पन्न गरिएको हो ।

‘सेलिब्रेटिङ टुरिजम’ भन्ने नाराका साथ सम्पन्न यस कार्यक्रम स्कल नाइटको चौथो संस्करण हो । कोरोना अघिका हरेक तीन वर्ष नियमित सम्पन्न भएको यस कार्यक्रम कोरोनापछि भने अहिले सम्पन्न भएको हो ।

पर्यटन प्रवद्र्धन तथा सामाजिक सेवामा क्रियाशिल यस संस्थाले सो कार्यक्रमबाट संकलित रकम वल्र्ड केयर होममा सहयोग गर्ने संस्थाका अध्यक्ष महेन्द्रराज पौडेलले जानकारी दिए ।

विश्व पर्यटन दिवसको अवसरमा यस कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरि मनाइँदै आइएको छ । जसअन्तर्गत नेपालमा पनि स्कल इन्टरनेसनल नेपालले दिवसकै सन्दर्भ पारेर यस कार्यक्रम आयोजना गरेको उनले बताए ।कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू समेत प्रदर्शन गरिएको थियो ।

उनका अनुसार, कार्यक्रममा सहभागी हुनका लागि प्रतिव्यक्ति ८ हजार ५ सय टिकट शुल्क कायम गरिएको थियो । ‘सो टिकट शुल्कबाट संकलन भएको रकम नै वल्र्ड केयर होममा सहयोगस्वरुप प्रदान गर्नेछौँ,’ अध्यक्ष पौडेलले भने ।

यस संस्थाले सामाजिक उत्तरुदायित्व कार्यक्रमअन्तर्गत वृक्षरोपण तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिनका लागि स्कल नाइटको चौथो संस्करण सम्पन्न गरिएको संस्थाको भनाइ छ ।

यस संस्थाले विशेष गरी पर्यटन, जेष्ठ नागरिकहरूका लागि ‘इल्डर्ली केयर’, हरित वातावरण, साथित्व तथा नेपालको प्रकुति, संस्कृति र साहसिक खेललगायत क्षेत्रको प्रवद्र्धनका लागि क्रियाशिल छ ।

स्कल इन्टरनेशनल नेपाल एक अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थामा नेपालका होटल, पर्यटन लगायतका क्षेत्रबाट ७० जना सदस्य रहेका छन् । नेपालमा स्कल इन्टरनेशनल नेपालले नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।

स्कल इन्टरनेशनल सन् १९३४ मा विश्वभरको पर्यटन प्रवद्र्धनका निम्ति खुलेको संस्था हो ।  जसमा हालसम्म विश्वका ७६ मुलुकबाट १२ हजार २८२ भन्दा बढी सदस्यहरू रहेका छन् ।

You may also like