Home » गुुरुङ गित ‘ङोल्स्यो निच्यों’ विमोचनको तयारी

गुुरुङ गित ‘ङोल्स्यो निच्यों’ विमोचनको तयारी

by Pokhara City

पोखरा, ४ असोज ।
गुरुङ भाषाको गित ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गितको निर्माण पुरा भई विमोचन अन्तिम चरणमा पुुगेको छ ।
गायक केशबहादुर गुरुङ र गायिका उषा गुुरुङको स्वरमा रहेको गितको म्युुजिक भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गितका मोडल अमृत गुुरुङले जानकारी दिए । भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङले अभियन गरेकी छिन् । मोडल अमृत र नियोना लामो समयदेखि हङकङ बस्दै आएका छन् । यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन गरिएको मोडल गुुरुङले जानकारी दिए । अनिल गुरुङले खिचेको भिडियोको मनोज गुरुङले निर्देशन र टेकमान गुुरुङले सम्पादन गरेका हुुन् । मेकअपमा सुुशिला गरुङले साथ दिएकी छिन् ।
भिडियो हङकङमै विमोचन गरी एच के दर्पण युुट्युुब च्यानलबाट सार्वजनिक गरिने उनले जानकारी दिए । खुसी गुरुङको रचना रहेको गितमा केशबहादुर गुुरुङको संगित र धनबहादुर गुुरुङको एरेन्ज रहेको छ ।
अधिकांस गुरुङ भाषाको गित नेपालकै गुरुङ गाउँहरुमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुुरुङले बताए । विदेशमा सुुटिङ भएता पनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ ।

You may also like