Home » दक्षिण एसिया फुटबलका महारथि श्याम थापाले गरे सहारा एकेडेमीको अवलोकन

दक्षिण एसिया फुटबलका महारथि श्याम थापाले गरे सहारा एकेडेमीको अवलोकन

by Pokhara City

पोखरा, २१ असोज ।
   दक्षिण एसिया फुटबलका महारथि श्याम थापाले सहारा फुटबल एकेडेमी अवलोकन गरेका छन् । सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित उक्त एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए ।साथै, आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा एउटा सशक्त टिम सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।  
एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रममा क्लब अध्यक्ष केशवराज बराल र क्लबका मानार्थ सदस्य महेश गुरुङले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन  क्लबका  सचिब टंकप्रसाद पौडेलले गरेका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको सबैभन्दा चर्चित सहारा क्लब पोखराले एकेडेमीमा हाल चौंथो ब्याचका विद्यार्थी भर्ना लिइरहेको छ । उनीहरुलाई क्लबले फुटबल सिकाउनुका साथै निःशुल्क आवासीय सुविधा र शिक्षादीक्षा प्रदान गर्दै आएको क्लब अध्यक्ष बरालले बताए ।

You may also like