पोखरा, २१ असोज
बालक्लबका पदाधिकारीका लागि बालअधिकारसम्बन्धी तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका कास्कीको समन्वयमा भाद्र २१ गतेदेखि असोज १९ सम्म विभिन्न मितिमा पालिकाका विभिन्न विद्यालयमा आयोजना गरिएको हो ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको तालिममा गुड नेवर्स ईन्टरनेशनलका बालसंरक्षण अधिकृत भीम तामाङ र नौलो घुम्ती नेपालका परियोजना अधिकृत महेश विश्वकर्माले सहजीकरण गरेका थिए ।
तालिमबाट मादी गाउँपालिका १० को श्री जनमन्दिर आधारभूत विद्यालय, श्री जनकल्याण माध्यमिक विद्यालय, माछापुच्छ«े गाउँपालिका ९ को श्री गौरीशंकर मणिलाल माध्यमिक र श्री सरस्वती आधारभूत विद्यालय, अन्नपूर्ण गाउँपालिका ४ को श्री प्रगतिशील माध्यमिक विद्यालयका १०५ जना बालबालिकासहित क्लबका पदाधिकारी तथा संरक्षण शिक्षक लाभान्वित भएका छन् ।
सहभागीकातर्फबाट बोल्दै प्रगतिशील बालक्लब अध्यक्ष नन्दिता वि.क.ले विद्यालयको दैनिक पाठ भन्दा अतिरिक्त विषयवस्तुबारे जानकारी तथा सचेतना मिलेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।
सहभागीले परियोजनाले सञ्चालन गरेका अधिकार मैत्री कार्यक्रम र शैक्षिक विकासका लागि गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
previous post