Home » वाटुलेचौरको कालिका मन्दिरमा बडादशैंभर दुर्गा पुजा हुने

वाटुलेचौरको कालिका मन्दिरमा बडादशैंभर दुर्गा पुजा हुने

by Pokhara City

शिशिर उजाड

पोखरा २१ असोज

पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि वडादशैंको अवसरमा नवदुर्गा पुजा तथा आरती गरिने भएको छ ।

हिमालय क्लवको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पुजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो ।क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पुजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तिव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो । वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पुजालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पुजा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले वताउनुभयो ।

पुजा अन्र्तगत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पुजा , चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ । फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ ।नियमित रुपमा पुजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।विशेष दुर्गा पुजा दशैं अवधिभर विहान र साँझमा नियमित हुने वताईएको छ ।हिमालय क्लवको संयोजनमा हुने दुर्गा पुजामा शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवा: खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले वनाएको छ ।

उक्त मन्दिरमा चौविसे राजा कुलमण्डन शाहको पाला देखि नै पुजा आजा हुदैं आईरहेको वताईएको छ ।

You may also like