Home » पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

by Pokhara City

२८ असोज पोखरा ।
बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो
  वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई  प्रवद्र्धन र किसानलाई प्रोत्साहनको  लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुु भयो । उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी  उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको उहाँको भनाई छ ।
असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ  भने मिडिया पार्टनरमा पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले रहेको छ  । त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन ।
पशुपालकले आफुले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खसी बोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सवै भन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा एक सय भन्दा बढि खसी बोका हुने आयोजकले अपेक्षा गरेको छ ।

You may also like