पोखरा
मिति २०८०।०७।१४ गते जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला स्याङ्जा आँधिखोला गा.पा. वडा नं.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ बरालफिड बस्ने वर्ष २४ को सुनिल पौडेललाई ऐ.ऐ. वडा नं. १७ हरियाली टोलमा शंकास्पद अवस्थामा फेला पारी खानतलासी लिने क्रममा निजको साथबाट नाईट्रोभ्याट १० लेखेको ५३ चक्की लागू औषध फेला पारेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट अनुमति लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।