Home » जाने हैन त कोरी – कोरी ट्रेकको बारेमा केहीकुरा

जाने हैन त कोरी – कोरी ट्रेकको बारेमा केहीकुरा

by Pokhara City

गेहेन्द्र गुरुङ / पोखरा

“कोरी” नेपालको मध्यविन्दुमा पर्ने एक सुन्दर ठाउँ हो, प्रकृतिको खानी हो, अझ भनौ स्वर्गको एक टुक्रा हो । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१ अन्तर्गत पर्ने कोरी छोटो पदयात्रा गर्न चाहानेहरुको निम्ति विशेष गन्तव्य बनेको छ । पछिल्लो समय कोरी पुग्ने आन्तरिक पर्यटकको चाप बढ्दो छ । अझ कुनै कुनै दिन सुत्ने ठाउँ नभएर रातभर जाग्राम बस्नुपर्ने अवस्था पनि आईपरेको छ । यसो हुनुमा कोरी पदमार्गमा रहेका होटेल ब्यवसायी र स्वयं पदयात्रीको कमजोरी रहेको देखिन्छ । व्यवसायीले सही ब्यवस्थापन गर्न नसक्नु र पदयात्रीले भरपर्दो सूचना नलिई पदयात्राको तय गर्नु ।

सिक्लेस गाउँको होमस्टे र होटलले सयौं पर्यटकलाई थेग्न सक्दछ तर कोरी पदमार्गमा रहेका होटलहरुको त्यो अवस्था छैन, याने की थेग्न गाह्रो पर्दछ । तसर्थ कोरी ट्रेकमा निस्कनु अघि केही सूचना लिई तपसिलका होटलमा सम्पर्क गरि आफ्नो यात्रा तय गर्नु हुन आन्तरिक पर्यटकहरुलाई सूचित गर्दछु ।

सिक्लेसपछिको पहिलो रातको बसाइ “तसा खर्क” मा हुनेछ । तसा खर्कको लागि सम्पर्क

???? Hotel Brothers Tasa ☎️ 9748768667

9806750415

???? Hotel Goma Tasa ☎️ 9765646136

9806651810

तसा खर्कको होटलमा हाल प्याकेजको रु.१,५००/- रहेकोे छ । तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाई यात्रा कोरीतर्फ बढ्नेछ र त्यो दिनको खाना/खाजा “च्येका ल्हि” मा हुनेछ । त्यसको लागि सम्पर्क

???? नबिन टि हाउस ☎️ ९८०६५०८२६४ मा गर्न सक्नु हुनेछ । च्येका ल्हिमा खाना/खाजा खाएपछि यात्रा उकालोतर्फ लम्किनेछ । करिब ३००० देखि ३५०० मिटरको उचाइमा पुग्दा तपाईंलाई अलि बढी थकाइ लाग्न सक्छ तर तपाईंको गन्तव्य #कोरी नजिकै रहेकोले तपाईंलाई थप उर्जा मिल्नेछ, उत्साह जाग्नेछ र त्यो मनोरम दृश्यले तपाईलाई तान्नेछ ।

त्यो तपाईंको विशेष गन्तव्य कोरीको लागि तपसिलको होटलमा सम्पर्क गर्न सक्नु हुनेछ भने हाल कोरीको प्याकेज रु.२,०००/- रहेको छ ।

#होटल_आइसफल_कोरी☎️ ९८४६४८७४३८

९८१५१७३३४३

#होटल_होम्स_होम_कोरी☎️ ९८४६२२३००२

#होटल_न्यानो_कोरी☎️ ९८६३२३६६०४

९८२७१३३९७९

#नमस्ते_गेष्ट_हाउस_कोरी☎️ ९८४६२२२४८७

धेरैको रोजाइमा परेको कोरीको बिशेषता

????️ नेपालको मध्यबिन्दुमा रहेको (अक्षांश र देशान्तर) ।

????️ माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ आदि हिमाल ऐना सरी देखिने ।

????️ सिक्लेस, ताङ्गतिङ्ग, पोखरा लगायतका ठाउँहरु हेर्न सकिने ।

????️ हिउँ पहिरो हेर्न पाईने ।

????️ दुर्लभ बन्यजन्तु हेर्न पाईने…….

यो सुन्दर ठाउँ #कोरी को यात्रामा हिड्नु हुने पदयात्रीलाई मेरा केही सुझावहरु

✍️ तपाईं संरक्षण क्षेत्रमा हुनुहुन्छ, गैह्र कानुनी कार्यहरु नगर्नु होला ।

✍️ तपाईं सकेसम्म/मिलेसम्म गाइड लिएर हिड्नु वा समुहमा हिड्नु होला ।

✍️ पानी, टर्च लाइट, लठ्ठी र न्यानो लुगा बोक्नु होला ।

✍️ त्यो क्षेत्र कालो भालु अधिक पाइने क्षेत्र हो । भालु या कुनै पनि जंगली जनावर नजिस्काउनु होला ।

✍️ क्याम्प फायरको नाममा जथाभावी आगो बाल्ने र डढेलो लगाउने काम नगर्नु होला ।

✍️ जथाभावी फोहोर नगर्नु होला । सरसफाइमा विशेष ध्यान दिनु होला ।

फोटो : Lalit Gurung Hotel Icefall Kori

Namaste Guest House Maila

@Sikles Purnima Homestay

Photo Gallery

You may also like