Home » पोखरामा मंसिर २३ गते 1974 AD व्याण्डको लाइभ कन्सर्ट

पोखरामा मंसिर २३ गते 1974 AD व्याण्डको लाइभ कन्सर्ट

by Pokhara City

पोखरा, १८ मंसिर
नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले चिसो माहोललाई गर्माउने तयारीमा छ ।
पोखराका 1974 AD समुहका फ्यान उत्साहित छन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् ।
यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याज लगायत विभिन्न विधाका सङ्गीत प्रयोग गर्दै आएको छ ।
व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो जुनिमा,” “परेलिमा,” “साँझी बसु” र “चुडैना टिमरो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’ गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्तिपूर्ण व्यावसायिक गीत मानिन्छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ती स्तुप, रानी बनको दृश्य हेर्न सकिने बताए । म्युजीक सगैँ खानामा रमाउन सकिने पौडेले बताए ।

You may also like