Home » तमु धिं नेपालद्धारा ल्होछारमा आयोजित कार्यक्रम सम्पन्न,छेलोमा युवराज प्रथम, राजेश द्धितिय

तमु धिं नेपालद्धारा ल्होछारमा आयोजित कार्यक्रम सम्पन्न,छेलोमा युवराज प्रथम, राजेश द्धितिय

by Pokhara City

पोखरा, १६ पुस
तमु जातिको महान पर्व, नयाँबर्ष म्हुप्री तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ।

हि ल्होको विदाई र म्हुप्री ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित अन्तिम दिन पुस १६ गते आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङ विजेता र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता हुदै क्रमश: २५ हजार र १० हजार नगदसहित पुरस्कृत हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङ श्यामले प्रतियोगिता संयोजक एवम निर्णायक गजबहादुर गुरुङलाई छेलो हस्तान्तरण गर्नुभएको थियो भने विजेताहरुलाई पुरस्कृत गर्नुभएको थियो।प्रमुख अतिथि गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भुमिका आवाश्यक रहेको बताउनुभयो। छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गर्दे आउनुभएको गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने भन्दै छेलो खेला विद्यार्थीहरु पुर्याउनुपर्ने बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष गमबहादुर गुृरुङ, सदस्य सुरेन्द्र गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रम पश्चात पैयुँखोला तमु समाजको मौलिक सालेजो प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।



यस अघि पुस १४ गते बिहान तमु ह्युला चोकमा सरसफाई, दिनको ३ बजे तमु धिं नेपालमा स्वास्थ्योपचारका लागि विभिन्न विरामीहरुलाई सहयोग हस्तान्तरण, बेलुका ५ बजे तमु ह्युल चोकमा दीप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गण्डकी प्रदेस सभा सदस्य गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रम पश्चात पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्योकैं कार्यक्रम सम्पन्न गरिएको थियो।
यसरी नै ल्होछारको दिन पुस १५ गते तमु धिं नेपालले बिहान पोखरा रानीपौवाबाट ल्होछार शुभकामना र्याली शुरु गरी महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा पुगी ल्होछार बिशेष कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तमु धिं नेपालको केन्द्रिय सदस्यमा मनोनयन हुनुभएका सदस्यहरुलाई सपथ ग्रहण,विभिन्न सम्मानहरुबाट वरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ, अधिवक्ता अनिता गुरुङ, चलचित्रकर्मी माओत्से गुरुङ, गायक धनबहादुर गुरुङ, शान्ति गुरुङ, समाजसेवी सरिता गुरुङ, समाजसेवी पुरनधोज गुरुङ लगायत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ। कार्यक्रममा विविध साँस्कृतिक गरिएको थियो।



तमु धिं नेपालका अध्यक्षका हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ, सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

You may also like