पोखरा
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा संचालनमा रहेको श्री मित्र मिलन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादीहरु मध्ये हालसम्म ६ जना प्रतिवादीहरु पक्राउ गरी अनुसन्धान गरिएकोमा उक्त मुद्दा अदालतमा पेश हुँदा निम्न प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएको ।
१. जिल्ला स्याङजा वालिङ न.पा. वडा नं. ११ धनपुरे स्थायी घर भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ५ बस्ने कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत वर्ष ५२ का उदय बहादुर पराजुली,
२. जिल्ला नुवाकोट तारकेश्वर गा.पा. वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ रामघाट बस्ने वर्ष ३५ को गोपाल खनाल,
३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ विरौटा बस्ने वर्ष ४२ को बुद्धिसागर पौडेल,
४. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ खहरे बस्ने वर्ष ३९ का राजु बराल,
५.. जिल्ला स्याङ्जा आधिखोला गा.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं।७ रत्नचोक बस्ने मित्र मिलन सहकारी संस्था लि. पोखराका अध्यक्ष एवं संचालक वर्ष ३२ का रमन पौडेल ९निज बैंकिङ कसुर मुद्दामा पुर्पक्षको लागि कारागारमै रहेको०,
६. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २३ खोरपाखा स्थायी घर भई हाल पोखरा ११ फुलवारी बस्ने मित्र मिलन सहकारी संस्था लि. पोखराका कार्यकारी अधिकृत वर्ष २८ का किरण अधिकारी (निज बैंकिङ कसुर मुद्दामा पुर्पक्षको लागि कारागारमै रहेको) ।
previous post