पोखरा
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको श्री सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादी जिल्ला कास्की मादी गा.पा. वडा नं. १० स्थायी घर भई हाल पोखरा म.न.पा. १२ लालिगुरास टोल बस्ने वर्ष ३९ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका पुर्व सदस्य शिव बहादुर गुरुङ (महेन्द्र भोटे) र जिल्ला स्याङग्जा गल्याङ न.पा. वडा नं.९ बस्ने वर्ष ४२ का सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिका सदस्य भविश्वर अर्याल मिति २०८०।०९।१७ गते सम्मानित कास्की जिल्ला अदालतमा आफैं उपस्थित भएकोमा निजहरुको बयान कार्य नसकिएको हुँदा यस जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको ।