Home » सामाजिक सञ्जालमा फेसबुकमा फेक आईडी बनाई ठगी गर्न खोज्ने ३ जना व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा फेसबुकमा फेक आईडी बनाई ठगी गर्न खोज्ने ३ जना व्यक्ति पक्राउ

by Pokhara City

पोखरा
“सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको फेसबुक आईडी बनाई पुरुष व्यक्तिहरुलाई साथी बनाई भिडियो कल गरी अश्लील भिडियोहरु देखाई स्क्रिन रेकर्ड समेत गरी उक्त भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु भनी डर धम्की देखाई विभिन्न नम्बरबाट फोनकल समेत गरी रकम मागी रहेको” भन्ने जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २९ तालचोक बस्ने वर्ष २२ को अनुराग घिमिरे, जिल्ला चितवन रत्ननगर न.पा. वडा नं.१३ टाँडी बस्ने वर्ष २० को प्रवेश रिमाल र जिल्ला सिरहा लाहान न.पा. वडा नं. १ रमाद मटियवरा टोल बस्ने वर्ष २१ को यूनिक सिंहलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरी मिति २०८०।०९।१६ गते यस जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुर र विद्युतिय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

You may also like