पोखरा
मिति २०८०।१०।१६ गते अन्दाजी २०ः०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुस्ख हैरानी दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु भई रहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
पक्राउ व्यक्तिहरुको विवरण
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष २२ को सुदिप अर्याल ।
२. ऐ.ऐ. बस्ने वर्ष २६ को संदिप गिरी ।
३. ऐ.ऐ. बस्ने वर्ष १९ को सुमन शर्मा ।
४. ऐ.ऐ. बस्ने वर्ष २० को नेत्र बहादुर प्रधान ।
५. ऐ.ऐ. बस्ने वर्ष २३ को सुशिल महतो ।
६. ऐ.ऐ. बस्ने वर्ष २६ को राजन पौडेल ।